अध्यक्ष महोदयको संदेश
प्रत्येक बर्ष नेपालको श्रम बजारमा लगभग ५ लाखको हाराहारीमा श्रमिकहरु प्रवेश गर्छन तर तिनको सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण बिषय बस्तुहरु संसदमा खासै छलफल गरिएको पाइदैन । राज्यमा श्रम ऐनको प्रभाबकारी कार्यान्वयन हुन् नसक्दा आम श्रमिकबर्ग बिभिन्न खाले शोषण त्यता उत्पीडनमा परेका छन्, श्रमिकका मुद्दाहरुमा नेपाल सरकार, रोजगारदाता तथा राजनैतिक दलहरुले पनि खासै चासो देखाएको पाइदैन । मुलुकमा श्रम मैत्री वातावरण बनाउन नसक्दा खासगरी अनौपचारिक क्षेत्रमा कार्यरत् मजदुरहरुको दैनिकी झनै कहालीलाग्दो छ । न्युनतम ज्याला नपाउनु, कामबाट बिनाकारण निस्काशन गरिनु, समान कामको समान ज्याला नपाउनु, कार्य समय निश्चित नहुनु, मजदुरमाथि कार्य क्षेत्रमा हुने बिभिन्न शोसन तथा उत्पीडनहरु सामान्य घटना जस्तो भै रहेको छ । आम श्रमजीबी बर्गको जिबनमा बढदै गैरहेको पेशागत अशुरक्षाको परिदृष्यमा अखिल नेपाल ट्रेड युनियन महासंघले स्थापनाकाल देखिनै आम मजदुर बर्गको हितमा आबाज उठाउदै आइरहेको छ । अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हक अधिकार सुनिस्चित नभैसकेको अवस्थामा देसैभरी छरियर रहेका सम्पूर्ण मजदुर हरु संगठित हुन् जरुरी देखिन्छ । हामी सबैको साझा प्रयास तथा सहकार्य बात मात्रै हामी श्रम मैत्री र मर्यादित कामको वातावरण निर्माण गर्न सक्छौ ।यस अर्थमा म देसै भरीका छरियर रहेका सम्पूर्ण मजदुर मित्रलाई हाम्रो अभियानमा एकाकार भएर अघि बढन हार्दिक आग्रह गर्दछु । हामी सबैको सामुहिक प्रयास बात मात्रै हाम्रो लक्ष्य पुरा गर्न सकिने हुनाले अखिल नेपाल ट्रेड युनियन महासंघमा आबद्ध हुन् पनि हार्दिक अपिल गर्दछु
।